INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई वैशाख ६ गते चुरे गाउँपालिका – १ का ४५ वर्षीय ठक्करहादुर थापाले बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २९ गते गिरफ्तार गरेको छ ।

आफूलाई पटकपटक बलात्कार गरेको भन्दै पीडितले  जेठ २८ गते जिल्ला प्रहरी कार्यालय , कैलालीमा उजुरी दिएपछि फल्टुडे प्रहरी चौकीबाट गएको प्रहरीको टोलीले आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय, कैलालीमा बुझाएको जिल्ला प्रहरी कार्यालय,कैलालीका डिएसपी प्रतिक बिष्टले बताउनु भयो ।

सेती प्रादेशिक अस्पतालमा जेठ २७ गते पीडितको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो