जिल्लामा सशस्त्र द्वन्द्वको समय र हालसम्म मानव अधिकार र शान्ति निर्माण प्रक्रिया महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा स्थानीय शान्ति समिति झापाले इन्सेक झापालाई पुस ४ गते एक समारोहकाबिच सम्मान गरेको छ ।

शान्ति समिति झापाको सभा कक्षमा भएको कार्यक्रममा जिल्ला प्रतिनिधिलाई सम्मान पत्र र खादा ओढाएर समितिका संयोजक सुर्य नारायण गणेशले सम्मान गरेका थिए ।
स्थानीय शान्ति समिति झापाद्वारा आयोजित कार्यक्रममा शान्ति समितिका जिल्ला संयोजक तथा अन्य उपस्थित सहभागी वक्ताहरूले इन्सेक झापाले गरेका कार्य र योगदानको कदर गरेका थिए ।