आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले चेतनामूलक सडक नाटक र र्याली गर्दै कञ्चनरुपमा पुस ३ गते १७ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाएको छ ।

‘सुरक्षित वैदेशिक रोजगारको प्रतिबद्धता, हामी सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ रुपनगर चोकबाट निकालिएको र्याली विभिन्न भागको परिक्रमा गरी कञ्चनरुप चोकमा समापन गरिएको थियो ।
कार्यक्रममा संरक्षण केन्द्रका अध्यक्ष जैविन सिंहले आप्रवासी कामदारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ज्यालाको व्यवस्था गर्न र जिल्लाबाट एक हप्ताभित्र राहदानी दिने व्यवस्था गर्न माग गरे । केन्द्रका उपाध्यक्ष गोमा आचार्यले ठगी नियन्त्रण गरी वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने बताइन् ।