INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नपा–२ का २१ वर्षीय सिवु चौधरीलाई वैशाख २३ गते गिरफ्तार गरेको छ ।

वैशाख ९ गते बालिका र आरोपित घरबाट भागेको आरोपमा बालिकाकी आमाले ईलाका प्रहरी कार्यालय मिर्चैयामा खोज तलासको निवेदन दिनु भएको थियो ।

प्रहरीले खोज तलास गरी वैशाख १५ गते ईलाका प्रहरी कार्यालय बन्दीपुरमा बालिकालाई आमाको र आरोपितलाई पिताको रोहबरमा जिम्मा लगाएको छ ।

तर, भागेर बालविवाह गरी बालिकालाई आफ्नै घरमा राखेको हुनाले बालविवाह तथा बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख २३ गते कारवाहीको लागि उजुरी दिएको बालिकाकी आमाले बताउनु भयो ।

त्यसैगरी, बालविवाह घटनाबारे थप अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय मिर्चैयाले वैशाख २३ गते १५ वर्षीया बालिकालाई पनि गिरफ्तार गरेको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलालप्रसाद जैसवारले घटनाको जानकारी हुनासाथ बालिकालाई बालविवाह गरेको आरोपमा र सिवु चौधरीलाई बालविवाह तथा बलात्कार मुद्दामा गिरफ्तार गरी वैशाख २४ गते अनुसन्धानको लागि सात दिनको म्याद थप गराएको बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २४ गते भएको छ ।

अन्य

भिडियो