१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दङगीशरण गाउँपालिका–३ का २२ वर्षीय सचिन चौधरीलाई वैशाख २० गते गिरफ्तार गरेको छ ।
बाख्रा चराउन गएकी बालिकालाई आरोपितले वैशाख २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २० गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर झलकप्रसाद शर्माले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २० गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।