INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–५ घरभई गैडहवा गाउँपालिका–७ बस्ने ३२ वर्षीय उमानाथ भनिने केशव कोहारलाई वैशाख २२ गते गैडहवाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले प्रेमको प्रलोभन देखाएर  वैशाख ६ गते बलात्कार गरेको भन्दै पीडितले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिएको डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २२ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो