INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि नेपालगञ्जमा निषेधज्ञा जारी

नेपालगञ्ज उपमनपामा कोरोना भाइरसका सङ्क्रमित सङ्ख्या बढेपछि  जिल्ला प्रशासन कार्यालयले वैशाख २३ गते तीन दिनका लागि निषेधज्ञा जारी गरेको छ । वैशाख २३ गते बिहान  ११ बजेदेखि वैशाख २५ गते मध्यरातसम्म निषेधज्ञा जारी गरेको हो ।

नेपालगञ्ज उपमनपामा वैशाख २३ गते थप सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ ।  भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा   नौ वर्षदेखि  देखि ५५ वर्ष उमेर समूह सम्मका  चार जना महिला र तीन जना  पुरूषमा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ  । यससँगै जिल्लामा  कोरोना सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ ।

कोरोना सङ्क्रमण पुष्टी भएकाहरूलाई सुशील कोइराला प्रखर क्यान्सर  अस्पतालको आइसोलेशन भर्ना गरिएको  गरिएको र  सबैको स्वास्थ्य अवस्था सामान्य रहेको  छ ।

 

अन्य

भिडियो