INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रपतिद्वारा वैशाख २६ गतेको लागि संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गर्नुभएको छ । सरकारको सिफारिसमा वैशाख २१ गते उहाँले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी सङ्घीय संसदको अधिवेशन आह्वान गनु भएको हो ।

मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट पेश गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

अन्य

भिडियो