१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोरखा नपा–१४ उपल्लो हटियाका ५६ वर्षीय गोपी बहादुर श्रेष्ठलाई वैशाख २१ गते गिरफ्तार गरेको छ ।
पीडितले वैशाख १८ गते किराना पसलमा सामान खरिद गर्न गएको बेला आरोपितले बिस्कुट खान दिने प्रलोभन देखाइ यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २१ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम अधिकारीले बताउनुभयो ।
उहाँले आरोपित विरुद्घ वैशाख २१ गते जिल्ला अदालत गोरखामा बाल यौन दुरूपयोग शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २१ गते गोरखा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।