INSEC Online

📅 २०८३ जेष्ठ २१

पूर्व सचिव उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता

पूर्व सचिव भीम उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर भएको हो ।

उपाध्यायलाई पाँच वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले उपाध्यायलाई वैशाख १० गते  गिरफ्तार गरी ११ गते अदालत पेस गरेको थियो । अदालतले उपाध्यायमाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको थियो ।

उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको प्रहरीको आरोप छ ।

 

अन्य

भिडियो