INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रपतिद्वारा दुबै अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ खारेज गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले वैशाख १२ गते विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड ९ ख  बमोजिम राष्ट्रपति भण्डारीले उक्त अध्यादेश खारेज गर्नुभएको जनाएको छ ।

सरकारले वैशाख ८ गते ल्याएको अध्यादेशको प्रमुख प्रतिक्षी दल नेपाली काङ्ग्रेसलगायतका दलहरूले तिव्र विरोध जनाएका थिए ।

 

अन्य

भिडियो