जनकपुर टुडेमा कार्यरत ३० वर्षीय पत्रकार सिवेन्द्र रोहिता र ३१ वर्षीय मनोज मोरबैतामाथि अज्ञात पक्षले आक्रमण गरेको छ ।
सहिद नगरपालिकाको क्वारेन्टाइनको रिपोर्टिङ्ग गरि फर्किंदै गरेको बेलामा वैशाख ५ गते साँझ ७ बजे चोराकोयलपुरमा अज्ञात पक्षले आक्रमण गरेको हो ।
अज्ञातपक्षको आक्रमणमा परेर घाइते दुबै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको छ । रिपोर्टिङ्ग सकाएर फर्किंदै गर्दा चार–पाँच जनाले आफूमाथि आक्रमण गरेको पीडितहरूले बताउनु भयो ।
सहिद नगरपालिकाको क्वारेन्टाइनको भद्रगोल अवस्थाबारे रिपोर्टिङ्ग गरी फर्किंदै गर्दा कोइलपुरमा आफूहरुमाथि आक्रमण भएको मनोज मोरवैताले बताउनुभयो । ‘अचानक अज्ञात समूहले पछाडिबाट टाउकोमै प्रहार गरे’ मोरबैताले भन्नु भयो–‘त्यसपछि हाम्रो उपकरण समेत खोसेर लगेका छन् ।’
रोहिता टुडे खोज डट कम तथा मोरबैता जनकपुर टुडेमा कार्यरत रहनु भएका छन् ।