नागरिकको जीवन रक्षा तथा अहरणीय अधिकारको संरक्षण गर्न राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, इन्सेक प्रदेश ५ लगायतका सङ्घसंस्थाहरूले चैत २६ गते विज्ञप्ति प्रकाशन गरी माग गरेका छन् ।
उनीहरूले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सरकारी तवरबाट भएका उचित कार्यहरूको सराहना गर्दै मानव अधिकारका विभिन्न सवालमा ध्यानाकर्षण भएको जनाउँदै यस्तो माग गरेका हुन् ।
लकडाउनका कारणबाट विपन्न नागरिककहरूको आधारभुत अधिकार, उपभोक्ता÷ खाद्य अधिकार तथा स्वास्थ्य सेवामा पहुँचलगायतका आधारभुत अहरणीय अधिकार समेतबाट वञ्चित भएको भन्ने समाचार सार्वजनिक भएको सन्दर्भमा आपूmहरूको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल कदम चाली नागरिकको जीवन रक्षा गर्न सरोकार पक्ष समक्ष माग गरिएको हो ।
नेपाल भारत सिमा नाकामा, अलपत्र परेका नेपाली नागरिकको स्वदेश प्रवेश, स्वास्थ्य परीक्षण, उचित उपचार, काउन्सिलिङ, क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाई बस्न–खान तथा अभिलेखको व्यवस्था गरी मुलुकभित्र प्रवेश पाउने संवैधानिक अधिकारको रक्षा गर्न अधिकारकर्मीले आग्रह गरेका छन् ।
यसैगरी कतिपय स्थानमा विपन्न र ज्यालादारी मजदुर लक्षित राहत वितरण गर्दा एकद्वार प्रणालीबाट नभएको र वितरित सामानको गुणस्तरमा प्रश्न उठेको कुरालाई विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एकद्वार प्रणालीबाट राहत वितरणको व्यवस्थापन मिलाउन र वितरित समानको गुणस्तरमा ध्यान दिन तथा विपन्न तथा ज्याला मजदुरीबाट दैनिक गुजारा गर्न बाध्य जोखिममा रहेका वर्गलाई लक्षित गरेर न्यूनतम खाद्य सहायता समेतको रेपिड रेस्पोन्स तथा विशेष राहत कार्यक्रमका माध्यमबाट जीवन रक्षा गर्न मानव अधिकार समुदायले आग्रह गरेको छ ।
लकडाउनको बहानामा कृतिम अभाव सृजना गरी उपभोक्ता ठग्ने कार्यहरू हुन नदिन बजारमा आवश्यक वस्तुको सहज आपुर्तिको व्यवस्था मिलाउन, हालको विषम परिस्थितिमा अग्रपङ्तिमा रहेर स्वास्थ सेवामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री लगायतको व्यवस्थापन शीघ्र मिलाउन र सुरक्षामा खटिने सुरक्षाकर्मीको सुरक्षामा समेत उचित ध्यान पु¥याउन आग्रह गरेको छ । साथै भारत लगायतका विभिन्न मुलकबाट नेपाल आएका नागरिकको स्वाब परीक्षणको दायरा बढाउनसमेत आग्रह गरिएको छ ।
ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति र बालबालिकाहरूको संरक्षण, हेरचाह र स्थास्थ्य उपचारमा उचित ध्यान दिन विज्ञप्तिमार्पmत सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।
‘विश्वभर कोभिड–१९ को सङ्क्रमणबाट प्रभावित बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै मृतकप्रति विज्ञप्तिमार्फत हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।’–विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति जारी गर्नेहरूमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एशोसियसन, इन्सेक प्रदेश ५, फियान, उपभोक्ता हित संरक्षण मञ्च, नेपालगञ्ज उच्च बार, गैसस महासङ्घ बाँके, मानव अधिकार एलाइन्स बाँके, सिविन नेपालगञ्ज र थर्ड एलाइन्सका प्रमुख तथा प्रतिनिधि रहेका छन् ।