दशरथचन्द नपा-१ मा अभिभावकको मञ्जुरीविना तर बालिका र बेहुलाको सहमतिमा हुन लागेको विवाह प्रहरीको सहयोगमा रोकिएको छ ।
१५ वर्षीया बालिकालाई बैतडीको दशरथचन्द नपा-१ का २० वर्षीय युवकले भगाएर विवाह गर्न भनी ल्याएको बेला बालिकाका अविभावकले प्रहरीलाई खबर गरेपछि विवाह रोकिएको हो ।
बालिका भगाएको थाहा पाएपछि उनका अविभावकले प्रहरीलाई खबर गरेपछि दुवैलाई प्रहरीले मङ्सिर २८ गते राति प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बालिका र युवक दुवैको मञ्जुरीमा विवाह गर्न लागेको भएपनि बालिकाको उमेर नपुगेकाले विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनायो ।
मङ्सिर २९ गते बालक र युवक दुवैका अविभावकले उमेर पुगेपछि विवाह गर्ने सहमति गरेपछि उनीहरूलाई छोडिएको प्रहरीले जनायो ।
पछिल्लो समय बैतडीमा स्थानीय स्तरमा गठन गरिएका किशोरी वृत्त तथा अभिभावककै सक्रियतामा बालविवाह रोकिन थालेको छ ।