INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरस सम्बन्धमा प्रदेश १ को अवस्था विश्लेषण

कोरोना भाइरस विरूद्धको अभियानमा सङ्घीय सरकारसँगै प्रदेश सरकार र स्थानीय तह एकजुट भई कार्य गरीरहेको अवस्था छ । प्रदेश १ का १ सय ३७ वटै स्थानीय तहमा कोभिड–१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ का १४ जिल्लामध्ये ८ ओटा छिमेकी मुलुकसँग सिमाना जोडिएका जिल्लाहरूलाई प्राथमिकतामा राखी कोरोनासँग जुध्ने कार्य भईरहेको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ०७६ चैत २१ गतेसम्ममा कोरोना भाइरससँग लड्न ३ हजार ६ सय ५७ जना बस्न मिल्ने क्वारेन्टाइनको निर्माण गरिएको छ ।

प्रदेशभरी ३ सय ९५ वटा आइसोलेशन वेडको व्यवस्था गरिएको छ । प्रदेश भरी चैत २१ गते सम्म ६ सय १६ थान पीपीई (प्रर्सनल प्रोटेक्सन एक्युप्मेण्ट) व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको छ । प्रदेश १ मा यस अवधिमा ७८ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा ५७ जनाको रिपोर्ट नेगेटिभ र २१ जनाको रिपोर्ट आउन बाँकी छ । चैत २१ गते सम्म प्रदेश १ का ११ ओटा जिल्लामा पीपीइ वितरण भएको छ । जसमा झापामा १ सय ओटा, मोरङमा ३२ ओटा, सुनसरीमा १२ वटा, तेहृथुममा ३४ ओटा, संखुवासभामा ६६ वटा, भोजपुरमा १ ओटा, खोटाङमा २१ ओटा, इलाममा ३० ओटा, सोलुखुम्बुमा १ सय ४६, उदयपुरमा १६४ ओटा र पाँचथरमा १० ओटा वितरण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार चैत २१ गते सम्म प्रदेश १ मा ४ सय ९ जना पुरुष र ४० जना महिला गरी ४ सय ४९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । होम क्वारेन्टाइनमा २ हजार २ सय ३१ जना पुरुष र ५ सय १ जना महिला गरी २ हजार ७ सय ३२ जनालाई राखिएको छ ।

प्रदेश १ मा झापामा ३ सय ७६ जना, मोरङमा ६ सय ३० जना, सुनसरीमा ३ सय ६५ जना, धनकुटामा ९२ जना, तेहृथुममा १ सय २० जना, संखुवासभामा १ सय ६ जना, भोजपुरमा २ सय ६८ जना, खोटाङमा २ सय ८० जना, इलाममा २ सय ७७ जना, ओखलढुङ्गामा १ सय ८० जना, सोलुखुम्बुमा ३ सय ७३ जना, उदयपुरमा ३ सय ८६ र पाँचथरमा २ सय ४ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।

प्रदेश १ मा ३ सय ९५ वटा आइसोलेसन वेडको निर्माण गरिएको छ । झापामा २७ ओटा, मोरङमा ९८ वटा, सुनसरीमा १ सय ४ ओटा, धनकुटामा १२, तेहृथुममा १४ ओटा, संखुवासभामा १६ ओटा, भोजपुरमा ६ ओटा, खोटाङमा ५ ओटा, इलाममा २ ओटा, ओखलढुङ्गामा ११ ओटा, सोलखुम्बुमा २९ ओटा, उदयपुरमा ३७ ओटा, पाँचथरमा २३ ओटा र ताप्लेजुङमा ११ ओटा आइसोलेसन वेड तयार गरिएको छ । आईसोलेसनको वेडको मापदण्ड नपुगेका वेड बन्द गर्दै गएको मन्त्रालयले जनाएको छ ।

मोरङ जिल्ला प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार चैत २१ गते सम्म मोरङमा १ सय जना पुरुष र २ जना महिला गरी १ सय २ जनालाई क्वारेन्टाइनमा राखिएको छ । त्यसैगरी ८ सय ८७ जना पुरुष र १ सय ९६ जना महिला गरी १ हजार ८३ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । मोरङमा ६६ ओटा फिवर क्लिीनिक मार्फत चैत २१ गते ४ सय ३७ जना महिला र ४ सय ९३ जना पुरुष गरी  ९ सय ९० जनाको ज्वरो मापन गरिएको छ । मोरङमा ११ जनाको स्बाब परीक्षण गरिएकोमा ९ जनाको रिपोर्ट नगेटिभ र २ जनाको रिपोर्ट आउन बाँकी छ । अस्पतालमा चैत २१ गते कोरोना भाईरसका शंकास्पद ५ जना विरामीले नाम दर्ता गराएका छन् ।

सकारात्मक प्रयास–  प्रदेश १ सरकारले चैत २१ गतेदेखि ५० वेड क्षमताको कोशी अस्पताल कोरोना (कोभिड १९) उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । अस्पतालमा १० वटा भेन्टीलेटर रहेको छ । हरेक वार्डमा सीसी क्यामरा जडान गरिएको छ । सीसी क्यामराको मद्दतमा कन्ट्रोल रुमबाट मोनिटरमा विरामीको निगरानी गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

०७६ चैत ७ गते प्रदेश नं. १ का  मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेशस्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समितिको बैठकले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोरोना अस्पतालको रूपमा विकास गर्ने निर्णय अनुसार चैत ९ गतेदेखि अस्पतालको निर्माण कार्य शुरु गरिएको थियो ।

मोरङ मिक्लाजुङ गाउँपालिका वडा–८ ले ९९ घरपरिवारलाई १० केजी चामल, आधा केजी दाल र आधा लिटर तेल वितरण गरेको वडाध्यक्ष नविन कार्कीले वताउनुभयो । वडा – ८ कै तोरीबारी लघु उद्यमी कृिष सहकारी संस्थाले ९९ घर परिवारका लागी १ केजी टमाटर र एउटा बन्दाकोपी उपलब्ध गराएको सहकारीका अध्यक्ष रमेश बस्नेतले बताउनुभयो ।

मुस्लिम कम्युनिटी सेन्टर विराटनगरले चैत २१ गते विराटनगरका भित्री सडकमा बसेका   (वेसहारा), रिक्साचालक, ठेला चालक, मजदुर १ सय ३० जनालाई खाना खुवाइएको सेन्टरका वसिम आलमले बताउनुभयो । ४ दिन खाना खुवाउने अभियान चलाएको उहाँले बताउनुभयो ।

ओखलढुङ्गा प्रतिनिधि शिवप्रसाद ढुङ्गानाका अनुसार चैत २१ गतेसम्म जिल्लामा १ सय ५८ जना क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइनमा हालसम्म १३ जना राखिएको छ । ८ वेडको आइसोलेशन कक्ष निर्माण गरिएकोमा २ जनालाई राखिएको छ । उनीहरूको स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकोमा रिर्पोट आउन बाँकी छ । क्वारेन्टाइनमा राखिएका २ जनालाई घर पठाइएको छ ।

सकारात्मक प्रयास– कोरोना भाइरस(कोभिड १९)सङ्क्रमित तथा संक्रमण आशङ्का गरिएका बिरामीको उपचार तथा व्यवस्थापनका लागि खिजीदेम्वा गाउँपालिका र मोलुङ गाउँपालिकाले कोष स्थापना गरेका छन् । खिजीदेम्वाले जनप्रतिनिधिहरूको एक महिनाको पारिश्रमिकबाट ८ लाख १० हजार रुपियाँको कोष स्थापना गरिएको छ । मोलुङ गाउँपालिकाको कार्यपालिका बैठकले चैत २१ को बैठकले १० लाख रुपियाँ गाउँपालिका र जनप्रतिनिधिहरूको एक महिनाको सेवा सुविधा थप गरेर कोष स्थापना गरेको छ । राहत वितरण सम्बन्धी कार्यविधि निर्माण गरेको छ । चम्पादेवी गाउँपालिका काठमाण्डौ, भक्तपुर र ललितपुरमा बसेर विभिन्न किसिमको श्रम गर्दै आएका २ सय जना व्यक्तिलाई प्रतिव्यक्ति १० केजीका दरले चामल वितरण गरेको छ ।

समस्याः सुनकोसी गाउँपालिकमा ज्वरो नाप्ने उपकरण थर्मलगन, माक्स, पिपिइ लगायत अत्यावश्यक वस्तु अभाव छ । गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारी लकडाउन अघिनै काठमाण्डौ घरमा गएकोमा चैत २० गते ओखलढुङ्गा आए पनि गाउँ पुगेका छैनन् । अध्यक्ष गाउँपालिकामा नहुँदा कार्यपालिका बैठक वस्ने अन्य तयारी गर्ने काम अघि बढेको छैन । वडा स्तरमा निर्माण गरिएका क्वारेन्टाइन सरकारले जारी गरेको कोरोना सम्बन्धी क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन मापदण्ड २०७६ अनुसार नभएको पाइएको छ । मापदण्डमा तोकिएका उपकरण, दुरी व्यवस्थापन तथा स्वास्थ्यकर्मी नभएको पाइएको छ । समस्या समाधानका लागि गाउँपालिकाले नीतिगत पहल गरेको छैन ।

झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार चैत २१ गतेसम्म झापामा १५ ओटा पालिकामा २० ओटा क्वारेन्टाइन निर्माण गरिएको छ । ४ सय ८७ क्षमता भएको क्वारेन्टाइनमा चैत २१ गतेसम्ममा ७८ जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा ५ सय ६३ जनालाई राखिएको छ । मेची अस्पतालमा ८ ओटा आइसोलेशन वेडको स्थापना गरिएको छ ।

सकारात्मक प्रयास– सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्ना सदस्यहरूलाई लकडाउनको समयमा घर खाँचो टार्न पाँच हजार रुपियाँसम्म सापटी दिने भएको छ । बिना व्याज पाँच हजार रुपियाँ दुई महिनासम्म सदस्यले चलाउन सक्ने सहकारीले चैत २१ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संस्थाले कोभिड १९ को सङ्क्रमण रोक्न सहयोग पुर्याउने उद्देश्यले ५० लाख रुपियाँको राहत कोष घोषणा गरेको छ ।

दमक नगरपालिकाले नगरका दुई हजार दुई सय विपन्न परिवारलाई चैत २१ गतेदेखि  घरघरमा राहत वितरण गरेको छ । नगरका प्रमुख रोमनाथ ओलीले परिवार सङ्ख्या हेरेर चामल, दाल, तेल, चिउरा, नुन र साबुन वितरण गरिएको बताउनुभयो । उहाँले नगर प्रहरी, नेपाल प्रहरी र सम्बन्धित वडाका जनप्रतिनिधिले घरमै पुगेर राहत दिएको बताउनुभयो । दमक नगरपालिकाले विपन्न परिवारका लागि ६४ हजार केजी चामल खरिद गरेर वितरण गरेको छ । नगर प्रमुख ओलीका अनुसार एकजना भएको परिवारलाई १० केजी चालम, एक केजी, दाल, तेल र चिउरा, दुईजनाको परिवारलाईम २० केजी चामल, दाल, तेल, तीनदेखि चारजनाको परिवार भएकालाई २५ केजी चामल, दुई केजी दाल, पाँचदेखि छजनाको परिवारलाई ३५ केजी चालम, तीन केजी दाल, दुई लिटर तेल र छदेखि आठजनाको परिवारलाई ५० केजी चामल, तीन केजी दाल, दुई केजी चिउरा, दुई लिटर खाने तेल वितरण गरिएको छ । गौरादह नगरपालिकाबाट पहिलो चरणमा तीन हजार दुई सय परिवारलाई प्रतिपरिवार १० केजी चामल, एक केजी दाल र एक लिटरका दरले तेल वितरण गरिने भएको छ ।

निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन  प्याब्सन बुद्धशान्तिले ५६ हजार रुपियाँ सहयोग गरेको छ । कोरोना विरूद्धको अभियान सहयोग पुर्याउन चैत २१ गते सहयोग उपलब्ध गराएके प्याब्सनका अध्यक्ष विष्णु सापकोटाले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी झापाले जिल्ला समन्वय समितिले स्थापना गरेको कोषमा एकलाख रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ ।

शिवसताक्षी नगरपालिका–२ का ८४ अति विपन्न घर परिवारहरूलाई पहिचान गरी नगरपालिकाले सहयोग वितरण गरेको छ । वडा सदस्य कुमार राईका अनुसार दाताले दिएका प्रतिपरिवार १५किलोग्राम चामल, २किलोग्राम दाल, आधा लिटर तेल, १ किलोग्राम नुन,माक्र्स र एउटा हात धुने साबुन प्रदान गरिएको हो ।

कोरोना सङ्क्रमण रोकथाम गर्ने र सचेतना जगाउने उद्देश्यले अर्जुनधारा युवा परिषदले नगरका ११ ओटै वडाका ५५ टोलमा हात धुने साबुनसहित बाल्टिङ वितरण गरको छ । नगरका ५५ टोल र विभिन्न १० सामाजिक संस्थाहरूमा गरि ६५ स्थानमा सामग्री वितरण गरिएको थियो ।

अर्जुनधारा नगरपालिका– १ ले चैत २१ गते वडामा राहत वितरण गरेको छ । वडाभित्रका दैनिक मजदुर गरेर परिवार गुजरा गर्ने , खोला मजदुरहरुको पहिचान गरि राहत प्रदान गरिएको सचिब खगेन्द्र लिङ्देनले बताए । राहतमा दश केजी चामल, एक लिटर तेल, एक केजी नुन, एक वटा साबुन वितरण गरिएको छ ।

कोरोना भाईरस नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि झापामा रगतको अभावलाई पूर्ति गर्न मेचीनगर नगरपालिका वडा –६ को आयोजनामा चैत २१ गते काँकडभिट्टामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा मेचीनगरको आव्हानमा नेपाल रेडक्रस सो साईटि विर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ९ महिलासहित ५४ जनाले रक्तदान गरेको वडाध्यक्ष ललितबहादुर तामाङले बताउनुभयो ।

समस्या कोरोना भाइरसको रोकथामका लागि लकडाउनको दश दिन बितिसक्दा झापाका अधिकांश स्थानीय तहले विपन्न समुदायलाई राहत वितरण गर्न सकेका छैनन् । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका मजदुरलगायतका विपन्न परिवार लामो लकडाउनका कारण भोकमरीमा परेका छन् । झापाका १५ वटा स्थानीय तहका सरकारले कोरोना कहरसँग जुध्न प्रत्येक पालिकाले १० लाखदेखि  ५० लाख रुपियाँसम्मको छुट्टाछुट्टै आकस्मिक राहत कोष स्थापना गरेका छन् । लकडाउनको १० दिन बितिसक्दा दमक, शिवसताक्षी र कनकाई नगरपालिकाबाहेक अरुले विपन्न समुदायलाई राहत वितरण गरेका छैनन् । झापाको मेचीनगर, गौरादह, भद्रपुर र अर्जुनधारा नगरपालिकाले राहत वितरणका लागि विपन्न परिवारको लगत सङ्कलन गरिसकेको जनाएका छन् भने अरु गाउँपालिका र नगरपालिकामा त्यस्तो लगत सङ्कलन कार्य अधुरै छ ।बुद्धशान्ति र कमल गाउँपालिकाले राहत वितरणको तयारी अन्तिम चरणमा रहेको जनाएका छन् ।

इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार चैत २१ गते इलाम जिल्लाका विभिन्न क्वारेन्टाइनमा ७२ जना र होम क्वारेन्टाइनमा ३ सय ३१ जना राखिएका छन् । इलाम अस्पतालले होम क्वारेन्टाइनमा रहेका इलाम नगरपालिका वडा ४ का एकजना र वडा ८ का एकजनाको स्वाब परीक्षणका लागि नमुना संकलन गरेको छ । वडा ४ का युवक केही समयअघि कतारबाट आएका हुन् भने वडा ८ का युवक अमेरिकाबाट आएका हुन् । उनीहरू दुवैमा शंकास्पद लक्षण भने नदेखिएको इलाम अस्पतालका सूचना अधिकारी कुलप्रसाद देवानले बताउनुभयो । इलाम अस्पतालका अनुसार जिल्लाभर क्वारेन्टाइनमा रहेका कसैको पनि अहिलेसम्म स्वाव परीक्षण गर्न नमुना पठाइएको छैन । इलाम अस्पतालमा २ आइसोलेसन बेड छन् ।

रोङ गाउँपालिका–५, नाखोपाको क्वारेन्टाइनमा रहेका ६ जना घर फर्केका छन् । भारतबाट आएको २ साता बित्दा पनि उनीहरूमा कोरोना भाइरस (कोभिड–१९) शंका हुने कुनै लक्षण नदेखिएपछि घर पठाइएको गाउँपालिकाका कार्यालयले जनाएको छ । चुलाचुली गाउँपालिकाको क्वारेन्टाइनका ३ जना र माई नगरपालिकाको क्वारेन्टाइनका २ जना घर फर्केको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सकारात्मक प्रयास-माइजोगमाई गाउँपालिकाले वडा–५, सोयाङका ५३ र वडा–६, प्याङका २९ विपन्न परिवारलाई प्रतिपरिवार ३० किलो चामल बाँडेको छ । गाउँपालिकाले विपन्न परिवारका लागि १ सय २० क्विन्टल चामल भण्डारण गरेको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताउनुभयो ।

सूर्यादय नगरपालिका वडा ९ ले अत्यावश्यक सामग्रीका पसल खोल्नेबारे नियम तथा सर्त बनाइ सार्वजनिक गरेको छ । पसल खोल्न चाहनेले पसलमा भएका सामानको विस्तृत विवरणसहितको फाराम भरी वडालाई बुझाउने, बिहान ८ देखि १० र दिउँसो २ देखि ४ बजेसम्ममात्र पसल खोल्नुपर्ने, ग्राहकबीच २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने, पैसाल लेनदेन गर्दा सुरक्षित रहनुपर्नेजस्ता नियम वडाले बनाएको हो ।

इलाम नगरपालिका–७ का निर्माण व्यवसायी डम्बर खड्काले २० हजार किलो चामल र २० हजार वटा मास्क वितरण गर्ने घोषणा गर्नुभएको छ । इलाम नगरपालिकाको आकस्मिक राहत कोषमा इलाम नगरपालिका–७ की खिनादेवी रसाइली र उनको परिवारले १५ हजार र इलाम नगरपालिका–७ का धनमान बराइलीले २० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । इलाम नपा–७ का व्यवसायी लाप्साङ शेर्पाले इलाम अस्पताललाई स्थानीयस्तरमै तयार भएको १० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) प्रदान गर्नुभएको छ ।

इलाम नगरपालिका र उद्योग वाणिज्य संघ इलामबीचको बैठकले आपूर्ति व्यवस्थापनलाई सहज बनाउने निर्णय गरेको छ । बैठकले इलाम नगरपालिका क्षेत्रमा दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउन संघले झापा उद्योग वाणिज्य संघलगायत आवश्यक अन्य सबै क्षेत्रसँग समन्वय गर्ने र संघले नै तत्काल हेल्प डेस्क (०२७–५२००३७) स्थापना गरी स्थानीय तहलाई सहयोग पुर्याउने निर्णय गरेको इलाम नगरपालिकाका शाखा अधिकृत रामकुमार शाहले जानकारी दिनुभयो । इलाम नगरले रोजगारी अभावमा गुजारा चलाउन नसक्ने असंगठित क्षेत्रका मजदुर तथा व्यक्तिलाई राहत प्याकेज उपलब्ध गराउन वडा कार्यालयमार्फत् लगत संकलन गरिरहेको छ ।

रोङ गाउँपालिकाले कसैलाई राहत वितरण गर्दा नदोहोरिनेगरी सिफारिस गर्न गाउँपालिकाका ६ वटै वडा कार्यालयलाई निर्देशन दिएको छ । साथै, राहत वितरण गर्दा गाउँपालिकाको स्वीकृति लिन अनुरोध गरेको छ । मानवअधिकार मञ्च नेपाल इलामका कर्मचारीले आफूहरूबाट संकलन गरेको १ लाख रुपैयाँ प्रदेश नम्बर १ कोरोना जनसम्पर्क कोषमा जम्मा गरिदिएका छन् ।

पाँचथर जिल्ला प्रतिनिधि मंगल बेघाका अनुसार चैत २१ गते पाँचथरमा ९ महिला  ३५ पुरुष गरी ४५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा ५ महिला र ११ पुरुष गरी जम्मा १६ जनाको फिवर क्लिनिक ज्वरो मापन गरिएको छ । पाँचथरमा  १ महिला र ५ पुरुष गरी ६ जनाको स्वाब परिक्षणका लागि सुनसरी धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको  र सोको नजिता आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारद सुवेदीले बताए । यसघि २ महिला र १ पुरुषको स्वाब परिक्षण गर्दा सवैजनाको नतिजा नेगेटिभ आएको थियो । आईसोलेसनमा ५ जना पुरुष रहेका छन् ।

सकारात्मक प्रयास– चैत २१ गते फिदिम नगरपालिकाले मजदुर तथा विपन्न समुदायलाई राहत वितरण गर्ने गरी मातहतका वडाहरुलाई १० हजार ६ सय २५ केजी चामल प्रदान गरेको छ । फिदिम नगरपालिकामा वढि जनघनत्व भएका वडा नं. १, २ र ४ लाई जनही १ हजार २ सय ५० केजीका दरले चामल प्रदान गरिएको नगरपालिकाले जनाएको छ  । सोही नगरपालिकाका बाँकी ११ ओटा वडालाई ६ क्विन्टल २५ केजीका दरले चामल वितरण गरेको  हो । नगरपालिकावाट प्राप्त राहतले अपुगेपछि लाईन्स क्लब पाँचथरवाट समेत थप ५ सय केजी चामल सहयोग लिएर प्रति व्यक्ति ५ केजिका दरले १ सय परिवारलाई वितरण गरिएको वडा नं. १ का अध्यक्ष गजाधर भट्टराई बताए । चामलको साथमा दाल, नुन, खानेतेल लगायतका सामग्री समेत वितरण गरिएको उनले जानकारी दिए । अन्य वडाहरुले समेत नगरपालिकावाट प्राप्त राहत वितरण गर्ने तयारी गरिएको जानकारी दिएका छन् ।

ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरुङका अनुसार चैत २१ गतेसम्म जिल्लामा १ सय ५९ बेड क्षमताको क्वारेन्टाइन र १४ बेडको आइसोलेन कक्ष निर्माण गरिएको छ । यहाँका १ नगरपालिकासहित ८ वटा गाउँपालिकामध्ये फुङलिङ नगरपालिकामा ३,फक्ताङलुङ गाउँपालिकामा २,सिदिङमा गाउँपालिकामा १ र सिरीजंघा गाउँपालिका ६ गरि १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सिरीजंघा गाउँपालिकामा ६ जनालाई नै चैत २० गते बेलुकीदेखि राखिएको हो । सिदिङ्मा गाउँपालिकामा चैत १९ गते र फक्ताङलुङ गाउँपालिकामा चैत १७ गतेदेखि राखिएको हो । तीमध्ये फुङलिङ नगरपालिकास्थित उद्योग वाणिज्य सँघको क्वारेन्टाइनमा राखिएका ३ जनालाई चैत २० गते छाडिएको छ । बाणिज्य सँघको क्वारेन्टाइनमा चैत १२ गतेदेखि राखिएको थियो । अब ९ जना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा राखिएका ९ जना नै पुरुष हुन् । क्वारेन्टाइनमा राखिएका कसैको पनि स्वाब परिक्षण गरिएको छैन् ।

सकारात्मक प्रयासः जिल्लास्थित मिक्वाखोला गाउँपालिका र सिरीजंघा गाउँपालिका बाहेक ७ वटै स्थानिय तहमा आर्थिक अवस्था कमजोर परिवारको तथ्याङ संकलन चैत २१ गते जारी राखेको छ । ती गाउँपालिकाले असंगठित क्षेत्रमा कार्यरत श्रमिक बर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत संम्बन्धि मापदण्ड २०७६ अनुसार राहत सुविधा प्राप्त गर्ने हकदार परिवारका सदस्यलाई लकडाउन अवधि अगाबै राहत दिने निर्णय गरेको छ । जिल्लामा खाद्यान्न लगायत अन्य अत्यावश्यक सामाग्रीको उपलब्धता सामान्य रहेको र अनुगमनको पक्रिया जारी राखेको छ । जिल्ला समन्वय प्रमूख तथा कोरोना भाइरस (कोबिड–१९) रोकथाम तथा नियन्त्रण समिति संयोजक घनेन्द्र मादेनको नेतृत्वमा गठन गरिएको जनप्रतिनिधि,प्रशासन,कर्मचारी सहभागी टोलीले जिल्लाको समग्र अवस्थाबारे दैनिक छलफल तथा जानकारी उपलब्ध गराउने गरेको छ । जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर चैत २० गते ३ जना विदेशी पर्यटकलाई काठमाडौसम्म यात्राका लागि सहजीकरण गरेको छ । २ जना जर्मन र १ जना नेदरल्याण्डका नागरिक हुन् । चैत २१ गते सिदिङ्मा गाउँपालिका–१ कालीखोलामा हेल्थ डेस्क स्थापना गरेको छ । ताप्लेजुङ र पाँचथर सिमा जोड्ने काबेलीमा राखिएको हेल्थ डेस्कमा जिल्ला प्रवेश गर्ने १ सय ५ जना र बाहिरिने १ सय ४९ जनागरि २ सय ५४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । संखुवासभा र ताप्लेजुङ सिमा जोडिएको मैवाखोला गाउँपालिका–४ मिल्केमा राखिएको हेल्थ डेस्कमा २ जना महिला र २३ जना पुरुषको स्वास्थ्य परीक्षण गरिएको छ ।

सङ्खुवासभा जिल्ला प्रतिनिधि भविन कार्कीका अनुसार चैत २१ गते सम्म सङ्खुवासभामा ६ जना पुरुष र ५ जना महिला गरी ११ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीमा २१ गते २४ पुरुष र २२ महिला फिवर क्लिीनिकमा चेक जाँज गराएको थिए ।  सङ्खुवासभामा १ जनाको स्बाब परीक्षण गर्दा नगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रबक्ता रोशन श्रेष्ठले जानकारी दिनु भयो । जिल्लामा बैदेशिक रोजगारबाट भारत सहित विभिन्न देशबाट जिल्ला फर्किएका ११ जनालाई जनप्रतिनिधिको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको प्रबक्ता श्रेष्ठले बताउनु भयो । त्यस्तै दुई साता अघि दुबई बाट फर्किएका चैनपुर–११ का नगेटिभ रिपोर्ट देखिएका युवक र उनको परिवारलाई केही समय होम क्वारेन्टाइनमै राखिने प्रबक्ता श्रेष्ठले बताए । चीनको वुहान प्रान्त बाट फैलिएको कोराना भाइरसका कारण चीनले गत माघ ५ गते बाट एकतर्फी नाका सिल गर्दा भोटखालाको किमाथांकामा खाद्यन्य संकट भएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिनु भयो । खाद्यान्न संकट टार्न सदरमुकाम खाँदबारी बाट चामल बोकेर हटिया जादै गरेको ट्क्याटर बरुण नदीमा डुबेको छ । १२० बोरा चामल बोकेर ट्क्याटर डुब्दा १७ बोरा चामल बरुण नदीले बगाएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिनु भयो ।

सकारात्मक प्रयास–  कोरोना भाइसरको संक्रमण फैलिन नदिन लड डाउन गरेपछि दैनिक ज्यालादारी र विपन्न बर्गलाई स्थानिय तहले राहत साम्रगी वितरण गरेका छन् । खाँदबारी नगरपालिकाले १२ सय ज्यालादारी मजदुर र विपन्न बर्गलाई रातह वितरण सुरु गरेको छ । खाँदबारी नगरपालिकाले २१ गते वडा नम्बर ३ का १ सय ५ र ७  का ९० परिवारलाई खाद्यान्य वितरण गरेको छ । खाँदबारी नगरपालिकाले ५ जनाको परिवार भएको घरलाई प्रति परिवार १० किलोग्राम चामल,२ किलो दाल,१ किलो स्वयविन,१ किलो नुन र १ लिटर तेल वितरण गरेको छ । त्यस्तै ५ जना भन्दा बढी परिवार संख्या भएको परिवारलाई प्रति घर १५ किलोग्राम चामल,३ किलो दाल,१ किलो स्वयविन,१ किलो नुन र १ लिटर तेल वितरण गरेको खाँदबारी नगरपालिका प्रमुख मुरारी प्रसाद खतिवडाले बताउनु भयो ।  नगर भित्र खाद्यन्य वितरण आइबार सम्ममा सक्ने उहाँको भनाइ छ । त्यसै खाँदबारी नगरपालिका र चैनपुर नगरपालिकाले कोेरोना बजार र मुख्य चोकमा विषाणु नष्ट गराउन कोलोरिन झोल सहितको पानी छर्किएको छ । खाँदबारी नगरपालिकालेबाट कोलोरिन झोल छर्किन थालेको नगर प्रमुख खतिवडाले बताउनु भयो ।

समस्या चीनले कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने भन्दै ०७६ माघ ५ गतेदेखि किमाथाङ्का बन्द गरेपछि भोटखोला गाँउपालिकामा खाद्य सङ्कट सुरु भएको छ । खाँदबारीबाट खाद्यान्न ढुवानी गरी वितरण गर्ने तयारी गाँउपालिकाले गरेको छ । हिमाली क्षेत्र भएकाले त्यहाँ उत्पादन हुने बालीले चार महिना मात्र पुग्ने गरेको छ ।

तेहृथुम प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार चैत २१ गते सम्म ३४ जना पुरुषलाई होम क्वारेन्टाइनमा राखिएको छ । तेहृथुममा २ जनाको स्बाब परीक्षण गरिएकोमा २ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आईसोलेशनमा १ जना महिला र १ जना पुरुष गरि २ जना रहेका छन् ।

सकारात्मक प्रयास– चैत २१ गते म्याङलुङ नगरपालिका वडानम्बर ७ मा १ सय १७ जनालाई प्रति परिवारलाई १० केजी चामल,१ केजी दाल, १ केजी नुन, १ लिटर तेल वितरण गरिएको वडाअध्यक्ष नारायण आचार्यले बताउनु भयो ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार चैत २१ गते सम्म धनकुटामा ३१ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । जसमा २५ जना पुरुष र ६ महिला रहेका छन ।  धनकुटामा १ जनाको स्बाब परीक्षण गरिएकोमा रिपोर्ट नगेटिभ आएको धनकुटा अस्पतालले जनाएको छ । पोर्चुगलबाट आएका धनकुटा – ८ का ती युवकमा ज्वरो आउने समस्या आएपछि आइसुलेसनमा राखेर उपचार गरिएको थियो । उनलाई २० गते अस्पतालले डिस्चार्ज गरेको छ । धनकुटा सदरमुकामको औद्योगिक ग्राममा ६० वेडका क्वारेन्टाइन र १२ वेडको आइसोलेन वार्ड र जिल्ला अस्पतालमा ४ वेडको आइसोलेन वार्ड राखिएकोले धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकाले क्वारेन्टाइन र आइसोलेन वार्ड नबनाएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताउनु भयो । यस्तै साँगुरीगढी गाउँपालिकाले १० वेडको, चौविसे गाउँपालिकाले गाउँपालिकाको केन्द्रमा २५ बेडको र हरेक वडामा १÷१ बेडको, पाख्रिबास नगरपालिकाले १० बेडको, सहिदभुमि गाउँपालिकाले दुई ठाउँमा १३ बेडको र महालक्ष्मी नगरपालिकाले ६ बेडको क्वारेन्टाइन निर्माण गरेको जनाएका छन ।

सकारात्मक प्रयास लकडाउनका कारण काममा जान नसकेका धनकुटा नगरपाालिकाका विपन्न मजदुरलाई धनकुटा नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आइरहेका नगरपालिकाका १ हजार ४ सय ६६ घरका अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । लकडाउनले दैनिक मजदुरी गरेर परिवारको पाल्दै आएका मजदुरहरुलाई समस्या भएपछि राहत वितरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनु भयो । नगरपालिकाले प्रति परिवार २५ केजि चामाल, दुई केजी दाल, एक केजी, एक लिटर तेल र एउटा हात धुने साबुन वितरण गरेको छ ।

उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार उदयपुरमा होमक्वारेन्टाइनमा बस्नेको संख्या दुई सय ४५ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढि बेलका नगरपालिकामा एक सय ५९, त्रियुगामा ७९ र ताप्लि गाउँपालिकामा ७ रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवदीका अनुसार जिल्लाका ८ स्थानीय तहमध्ये ५ स्थानीय तहमा ८ जना महिलासहित ६२ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

कटारी नगरपालिकामा ४ र लिम्चुङबुङ गाउँपालिकामा ४ जना रहेका छन् । त्यस्तै पुरुषतर्फ कटारी नपामा २२, त्रियुगामा ८, वेलकामा ९, रौतामाई ७ र लिमचुङ्गबुङ्गमा ८ गरी ५४ जना रहेका छन् । आईसोलसनमा भने जिल्ला अस्पतालमा दुई जना महिला राखिएको छ । कोभिडका शंकास्पद विरामी मध्ये त्रियुगाका नपाका ४ र बेलका नपाका १ गरी ५ जनाको स्वाव परीक्षण गर्न पठाइएकोमा त्रियुगा नपाका १ र बेलकाका १ जनाको नेगेटिभ नतिजा आएको छ भने बाँकीको नतिजा आउन बाँकी रहेको छ । जिल्लामा फिवर क्लिनिकको संख्या ७० वटा रहेका छन् । कटारी नपामा ९, चौदण्डी ११, त्रियुगा नपा १४, बेलका नपा ६, उदयपुरगढी गापा ७, ताप्लि गापा ९ रौतामाई ९ र लिम्चुङ्गबुङ्ग गापामा ५ वटा रहेका छन् ।

सकारात्मक प्रयास–महामारी नियन्त्रणका लागि जिल्लाका ३ स्थानीय तहले विपद् कोष स्थापना गरी कार्यक्रमहरु अघि सारेका छन् । चौदण्डीगढी नगरपालिकाले ७० लाख, ताप्लि गाउँपालिकाले १५ लाख र रौतामाई गाउँपालिकाले १० लाखको कोष स्थापना गरेको छ । क्वारेन्टानमा राखिएका व्यक्तिलाई नियमित स्वस्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ । यसकासाथै दैनिक ज्यालादारी गरी खाने मजदुर र अतिविपन्न परिवारका लागि त्रियुगा, कटारी, बेलका र चौदण्डीगढी नपा, उद्योगबाणिज्य संघ, संघसंस्थाको समन्वयमा राहत वितरण गरिएको छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार भोजपुरमा चैत २१ गते सम्म १२ जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ ।  भोजपुरमा ३ जनाको स्बाब परीक्षण गरिएकोमा २ जनाको रिपोर्ट नगेटिभ र १ जनाको रिपोर्ट आउन बाँकी छ । अहिले सम्म आईसोलेशनमा राखिएको संख्या ० छ  । जिल्लामा क्वारेन्टाइनको संख्या ३१० पुगेको छ ।

सकारात्मक प्रयास– चैत २१ जिल्ला प्रशासन कार्यालयको सहयोगमा २५० मज्दुरको उदार गरिएको छ । लकडाउनका कारण अलपत्र परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर आफ्नो घर पठाएको हो । काठमाण्डौ, बाँके, बर्दिया, दाङ, कैलाली, लगाएत घर भएका भोजपुर सदरमुकाममा सञ्चालन भइरहेको तिनभंगाले खानेपानी आयोजनामा काम गर्ने, ७९ जना मध्येपहाडी लोकमार्गमा काम गर्ने ९५ जना, सहित जिल्लाका अन्य विभिन्न आयोजनामा काम गर्ने  करिब २५० जनालाई उद्धार गरेर घर पठाएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बाताउनु भयो ।

 

 

अन्य

भिडियो