६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरील ११ र १७ वर्षीय बालकलाई चैत १५ गते गिरफ्तार गरेको छ ।
आरोपितद्वयले चैत ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध चैत १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्स्पेक्टर महेन्द्र दर्नालले बताउनुभयो ।
११ वर्षीय बालकलाई जिल्ला सरकारी वकिल कार्यालयको चैत १६ को आदेशमा हाजिरी जिम्मा जमानीमा रिहा गरेको इन्स्पेक्टर दर्नालले बताउनुभयो ।
अर्का आरोपितमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १४ गते गरिएको छ ।