INSEC Online

📅 २०८३ जेष्ठ २२

कोरोनासम्बन्धी अफवाह फैलाउने घटनाका आरोपित गिरफ्तार

कोरोना भाइरस सम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले दमक नगरपालिका –१ का २२ वर्षीय कुमार राईलाई चैत १४ गते दमकबाट गिरफ्तार गरेको छ ।

कोरोना भाइरसका बिरामी फेला परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियो सेयर आतंक फैलाएको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

चैत १४ गते दमकका एक जना बिरामीलाई एम्बुलेन्समा राखेर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) लैजाने तयारी गर्दा राईले कोरोना सङ्क्रमितलाई उपचारका लागि लगेको भन्दै अफवाह फैलाएको आरोपमा गिरफ्तार गरेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

आरोपितमाथि साईबर क्राइम शीर्षकमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यसैबीच गिरफ्तारीमा परेका राईले आफूले नजानेर फेसबुक लाईभ गरेको बताएका छन् ।

अन्य

भिडियो