कोभिड–१९ को सन्त्रासका कारण भारतबाट नेपाल आउने क्रममा सिमा नाकामा अलपत्र परेका नागरिकहरूको उचित व्यवस्थापन गर्न अधिकारकर्मीहरूले चैत १८ गते स्थानीय प्रशासन र स्थानीय तहलाई अपील गरेका छन् ।
भारतमा मजदुरी गर्दै आएका १ सय २० जना नेपाली जमुनाह नाकामा अलपत्र अवस्थामा रहेको र उनीहरूको खानपिन, स्वास्थ्य र क्वारेन्टाइनको व्यवस्था हुन नसक्दा जोखिम बढ्ने सम्भावना रहेको जनाउदै उचित व्यवस्थापन गर्न स्थानीय प्रशासन र स्थानीय तहलाई अपील गरेका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाई, नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुनिल श्रेष्ठ, उच्च अदालत बार एशोसिएसन नेपालगञ्जका अध्यक्ष विकास आचार्य, इन्सेक प्रदेश ५ का संयोजक भोला महत, उपभोक्ता हकहित सङ्रक्षण समितिका अध्यक्ष बसन्त गौतम, हिमराइट्सका प्रकास उपाध्याय र आइएचआरसीका विश्वजीत तिवारीद्वारा हस्ताक्षरित अपीलमा यस सङ्कटको घडीमा सबै जना सम्यमित भई सहकार्य र मानवीय कार्यमा अपील गरेका छन् ।