INSEC Online

📅 २०८३ जेष्ठ २१

गन्तव्यमा पुग्न नसकेका यात्रुका लागि हटलाइन सेवा

कर्णाली प्रदेश सरकारले स्वदेश तथा विदेशबाट कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुग्ने गरी हिँडेका तर लकडाउनका कारण गन्तव्यमा पुग्न नसकी बीच बाटोमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुु¥याउनका लागि हटलाइन सेवा सञ्चालन गरेको जनाएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गन्तव्यमा पुग्न नसकेका यात्रुका लागि हटलाइन सेवा र उपचारको सुनिश्चित गरेको बताउनु भयो । मन्त्री रावलका अनुसार अलपत्र परेका यात्रुका लागि उद्दार गर्ने, उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने तथा स्वास्थ्य अवस्थाको आधारमा क्वारेन्टाईनमा राख्नुपर्नेलाई क्वारेन्टाईनमा राख्ने र बाँकीलाई गन्तव्यसम्म पु¥याइने व्यवस्था मिलाइएको बताए ।

गन्तव्यमा पुग्न नसकेको यात्रुका लागि प्रदेश सरकारले १११० नम्बरको हटलाइनमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

यसैगरी प्रदेश सरकारले सुर्खेतका वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा १ सय २ जना व्यक्ति राख्न मिल्ने क्वारेन्टाईन निर्माण सम्पन्न गरी १ सय २ जनालाई राखिएको कर्णाली

प्रदेश सरकारले जनाएको छ ।20200326Surkhet1 20200326Surkhet2

20200326Surkhet

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेशका जुम्ला, कालिकोट, हुम्ला, दैलेख र सल्यानबाट प्राप्त समाचार यस प्रकार रहेको छ ।

जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सेनिटाइजर उत्पादन गर्न सुरु गरेको छ । नर्सिङ र फार्मेसीको टिमले प्रतिष्ठान भित्र १२ लिटर जति सेनिटाइजर उत्पादन गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताउनु भयो ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार अमेरिकन नेपाल मेडिकल फाउण्डेसनले उपलव्ध गराएको कच्चा पदार्थ प्रयोग गरी स्वास्थ्यकर्मीलाई सुरक्षित गर्ने प्लाष्टिकको पिपिई पनि निर्माण गरिएको छ ।

ज्वरो नाप्ने थर्माेस्क्यान नहुँदा समस्या
सिंजा भेगमा पर्ने हिमा गाउँपालिकाले हेल्थ डेक्ससहित ६ स्थानमा क्वारेनटाईन स्थापना गरेको छ । तर हेल्थ डेक्समा ज्वरो नाप्ने थर्माेस्क्यान नहुँदा चेकजाँचमा समस्या भइरहेको जनाएको छ ।

थर्माेस्क्यान खरिद गर्न निकै पहल गर्दा पनि नपाइएपछि स्वास्थ्यकर्मीले जोखिम मोलेर थर्मोमिटरले काखीमुनि च्यापेर ज्वरो नापीरहेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो । सिंजा भेग र मुगु जिल्ला जाने प्रवेशद्धारमा पर्ने उक्त गाउँपालिकामा कोरोना भाइरसको त्रासले भारतबाट धेरै संख्यामा जिल्लाभित्र आइरहेका छन् ।
गाउँपालिकाका अनुसार मानु मावि पाथरखोलामा पाँच जना र राहदेव मावि मोफ्ला क्वारेनटाईनमा १९ जनालाई राखिएको छ ।

एकजनामा कोरोनाको आशंका

सिंजाका ३२ वर्षीय एक यूवालाई कोरोनाको आशंकामा क्वारेनटाईनमा राखिएको छ । भारतको कास्मीरबाट आएको ११ दिनपछि चेकजाँच गर्दा उच्च ज्वरो र निरन्तर खोकी लागेपछि यूवालाई क्वारेनटाईनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताउनुभयो ।
पातारासी गाउँपालिकास्थित क्वारेनटाईनमा पनि भारतको हिमाञ्चल प्रदेशबाट आएका ६ जनालाई राखिएको छ । यसैगरी जुम्ला प्रवेशद्वार नाग्ममा ३ दिनमा २ हजार ५ सय जनाको चेकजाँच गरिएको छ ।

कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार कोरोना भाइरस नियन्त्रणका लागि कालिकोटस्थित विभिन्न सरकारी तथा गैर सरकारी निकायको पहलमा २ सय ५४ बेडको क्वारेनटाईन निमार्ण गरिएको छ ।

स्थानीय तह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, रेडक्रस सोसाइटी र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त पहलमा उक्त क्वारेन्टाईन निर्माण गरिएको हो ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालका अनुसार रास्कोट नपामा एक सय, खाँडाचक्र नपामा ४९, शुभकालिका गाउँपालिकामा ४०, पचालझरना गाउँपालिकामा २० र नरहरीनाथ गाउँपालिकामा ५ बेड निर्माण गरिएको छ । यसका साथै जिल्लाका नौ ओटै स्थानीय तहमा अति आवश्यक खाद्य समाग्री, दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन उच्च सर्तकता अपनाइएको छ ।

जिल्लाको मुख्य प्रवेशद्वार दहीखोलामा हेल्थ डेक्स स्थापना गरिएको छ । हेल्थ डेक्समा चैत १३ गतेसम्म १ हजार ८० जनाको स्वास्थ्य जाँच गरिएकोमा कुनैमा पनि कोरोनाको लक्षण नभेटिएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डा. भिष्म पोखरेलले जानकारी दिनुभयो ।

हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार जिल्ला बाहिरबाट आउनेको संख्यामा उल्लेख्य वृद्धि भएसँगै जिल्ला विपद व्यवस्थापन समितिले क्वारेन्टाईन कोठाको स्थापना गरिरहेको छ । जिल्ला सदरमुकाम सिमकोट बजारको नजिकै घर भाडामा लिएर क्वारेन्टाईनको व्यवस्था गरिन लागेको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिनुभयो ।

क्वारेन्टाईन व्यवस्थापनका लागि कर्णाली प्रदेशबाट ५० लाख, जिल्ला समन्वय समिति हुम्लाबाट १ लाख ५० हजार र उद्योग बाणिज्य संघबाट ७३ हजार २ सय ५० रुपियाँ संकलन भएको प्रजिअ भट्टराइको भनाई छ ।

५० सैयाको क्वारेन्टाईन तथा जिल्ला स्वास्थ्य सेवा कार्यालयमा तीन र नाम्खा गाउँपालिकामा एक गरी जम्मा चार ओटा आइसोलेशन वार्ड रहेको हुम्लामा संक्रमितको लक्षण देखिएका व्यक्ति फेला परेका छैनन् ।

उपकरण अभाब
कोरोनाको प्राथमिक उपचारका लागि आइसोलेसन र क्वारेन्टाईनमा आएकाहरुका लागि वार्डको व्यबस्था गरिए पनि आवश्यक उपकरणको अभाब देखिएको छ । जिल्लामै दुई वटा तापक्रम नाप्ने थर्मोगन र दुई सेट पिपिइ मात्र रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताउनु भयो ।

कोरोना पुष्टि भई आइसोलेसनबाट आइसियुमा राख्न विरामीलाई जिल्ला बाहिर रिफर गर्नु परेमा सडक यातायात नजोडिएको हुम्लामा थप समस्या सिर्जना हुनेमा सरोकारवालाको चिन्ता छ । हवाई नाका बन्द भएको र चीनसँगको हिल्सा नाका पनि बन्द भएकाले यस अवस्थामा मुगु जिल्लासँगको चंखेली र बाजुरासँगको कवाडी नाकाहुँदै भारतबाट फर्किहेका हुम्लाबासीहरु नै जिल्लाको पछिल्लो चुनौती बनेका छन् ।

दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार भारतका विभिन्न शहरबाट चैत ११ गते गौरीफण्टाहुँदै फर्किएका ३७ जनालाई स्थानीय प्रशासनको सहयोगमा सम्वन्धित गाउँसम्म पु¥याइएको छ । सुर्खेतबाट यातायातको प्रवन्ध गरी चैत १३ गते घर घरमा पु¥याइएको हो ।

ती मध्ये ज्वरोको संकेत देखिएका १० जनालाई सम्वन्धित पालिकामा स्वास्थ्यकर्मीको निगरानीमा घरमै क्वारेण्टाईनमा राखिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिनुभयो ।

भगवतीमाई गाउँपालिकामा पाँच, दुल्लु नपामा दुई, आठविस नपामा दुई र नौमुले गाउँपालिकामा एक जनालाई ज्वरो देखिएको दैलेख अस्पतालका इञ्चार्ज डा. निराजन पन्तले जानकारी दिनुभयो । उनीहरुको अवस्था जटिल भए जिल्लामा बनाइएको आइसोलेसनमा राखेर उपचार गरिने तयारी गरेको डा. पन्तको भनाई छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरी जिल्ला अस्पतालमा आठ वेडको आइसुलेसन वार्ड, नारायण क्याम्पसमा १ सय वेडको क्वारेण्टाईन र सरस्वती मावि तर्ताङ्गमा अस्थायी अस्पताल निर्माण गरिएको छ ।

जिल्लाका ११ स्थानीय तहका ९० वडामा भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिको पहिचान भइरहेको र ती व्यक्तिलाई विभिन्न ठाउँमा बनाइएको क्यारेन्टाईनमा राखिने तयारी भएको दैलेखका इञ्चार्ज डिएसपी हरिबहादुर ओलीले योजना सुनाउनुभयो ।

सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार सल्यानको कपुरकोटमा हेल्थ क्याम्प राखी दाङबाट प्रवेश गर्नेहरुको चेकजाँच गर्ने गरिएको छ । हालसम्म २ हजार ७ सय ४६ जनाको स्वास्थ्य जाँच गर्दा संक्रमितहरु फेला नपरेको क्याम्पका फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारी दिनु भयो ।

यसैगरी संक्रमित फेला परेको अवस्थामा तिनको हेरचाह तथा उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयमा १४ जनालाई राख्न मिल्ने क्वारेन्टाईन बनाइएको छ । आवश्यकता अनुसार उद्योग बाणिज्य संघ श्रीनगर र विभिन्न कलेज एवम् विद्यालयलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने योजना बनाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठकेन्द्र खतिवडाले बताउनु भयो ।

जनतालाई उपभोग्य बस्तु खरिद बिक्री गर्नको लागि हरेक दिन साँझ ४ देखि ५ बजे बजार खुलाइने प्रवन्ध मिलाइएको डिएसपी खतिवडाले जानकारी दिनु भयो ।

अन्य

भिडियो