INSEC Online

📅 २०८३ जेष्ठ २२

जातीय भेदभाव तथा छुवाछुत घटनाका आरोपित गिरफ्तार

अन्तरजातीय विवाह गरेको भन्दै बुबाको काजक्रिया गर्दा सामाजिक बहिस्कार गरी जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा मेलम्ची नगरपालिका–९ ज्यामिरेका ६२ वर्षीय रमेश कुइकेललाई ०७६ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आफूलाई जातीय भेदभाव तथा छुवाछुत गरी बुबाको काजक्रिया गर्न नदिएको भन्दै मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेम भुजेलले ०७६ चैत ७ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिनु भएको थियो ।

बुबा दिर्गबहादुर भूजेलको मृत्युपछि ०७६ फागुन २१ गते काठमाडौँबाट मेलम्ची घाटमा पुग्दा पीडितलाइ दलितसँग विवाह गरेले बुबाको सतगतमा सङ्लग्न नगराउन आरोपित पण्डितले आदेश गरेको प्रहरीले जनाएको छ  ।

अन्य

भिडियो