३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय उमेश तामाङ र दुप्चेश्वर गाउँपालिका–५ का ३२ वर्षीय सानोकान्छा तामाङलाई प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालयले चैत ९ गते आरोपितहरूलाई सार्वजनिक गरेको हो । प्रहरीले आरोपित दुबैलाई चैत ७ गते काठमाडौँको कपनबाट गिरफ्तार गरी ल्याएको डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।
आरोपितहरूले चैत १ गते राती घरको ढोका फोडेर प्रवेश गरी हातखुट्टा बाँधेर बलात्कार गरी पीडितले लगाएको सुनको गहानासमेत लुटेर भागेको भन्दै चैत २ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत २ गते त्रिशूली जिल्ला अस्पतालमा गरिएको थियो ।
घटनामा अन्य तीन जना पनि सङ्लग्न भएको उजुरीमा उल्लेख भएपनि फरार रहेकोले उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।