पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगडी नगरपालिका – ७ का ४७ वर्षीय कुलबहादुर विष्टलाई चैत ७ गते गिरफ्तार गरेको छ ।
आरोपितले चैत ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध चैत ७ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्स्पेक्टर बुद्धिराम चौलागाईले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ७ गते गरिएको छ ।