बालविवाह गरिरहेको अवस्थामा प्रहरीले मण्डपबाटै चारजनालाई चैत ७ गते गिरफ्तार गरेको छ ।
बबई गाउँपालिका–६ चिसापानीस्थित कालिका मन्दिरमा बाल विवाह भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले तुलसीपुर उपमनपा–१३ का ३० वर्षीय घनश्याम बस्नेत, दंगीशरण गाउपालिका–१ की १५ वर्षीया बालिका र विवाहको व्यवस्थापन गर्ने शान्तिनगर गापा–७ की २६ वर्षीया माया भण्डारी र विवाह गराउने ब्राहमण बबई गाउँपालिका–६ का ४९ वर्षीय गणेशकुमार पौडेललाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर चक्रडम्वर पालले बताउनु भयो ।
गिरफ्तार गरिएका चारै जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखि अनुसन्धान थालिएको प्रहरीले जनायो ।
नेपालको कानुन अनुसार २० वर्ष नपुगी गरिने विवाहलाई कानुनले बालविवाह भन्दै वर्जित गरेको छ ।