कारोना भाइरसको सङ्क्रमण फैलिरहेको भन्दै उच्च सतकर्ता अपनाउन प्रदेश २ को सदनले जारी गरिरहेको हिउँदे अधिवेशन ०७६ चैत ६ गते मध्यरातबाट अनिश्चित कालसम्मको लागि स्थगित भएको छ ।

प्रदेश सरकारको सिफारिसमा सभामुख सरोजकुमार यादवले ०७६ चैत ६ गते मध्यरातबाट अर्को सुचना जारी नहुञ्जेलसम्म अधिवेशन स्थगित गरिएको घोषणा गर्नु भएको हो ।
फागुन ३० गतेदेखि निरन्तर बसेको प्रदेश २ कोे हिउँदे अधिवेशनमा प्रदेशको नाम र राजधानी तय गर्ने विषयमा मतदान भएको थियो । मतदानबाट प्रदेश सभामा दर्ता भएका चार ओटा नाममा दुई तिहाई बहुमत पुग्न सकेन ।
चैत ६ गते बसेको प्रदेश सभाको बैठकले प्रदेश २ सरकारले गत वर्षको बाँकी उपभोक्ता समितिको भुक्तानी गर्ने विषयमा सदनमा बहस गरेको थियो ।