पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका – ९का २२ वर्षीय उमेश सदालाई चैत ६ गते गिरफ्तार गरेको छ ।
आरोपितले चैत ४ गते बलात्कार गरेको आरोपमा पीपित पक्षले आरोपित विरूद्ध चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एसपी वीरबहादुर बुढामगरले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ५ गते गरिएको छ ।