४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भजनी नगरपालिका —९ डोङपुरका २४ वर्षीय रामस्वरूप चौधरीलाई प्रहरीले चैत ६ गते गिरफ्तार गरेको छ ।
बसन्तानको जङ्गलमा बाख्रा चराउन गएको अवस्थामा आफूलाई कुटपिट गर्दै बलात्कार गरेको भन्दै पीडित महिलाले इलाका प्रहरी कार्यालय, भजनीमा चैत ४ गते उजुरी दिएपछि इलाका प्रहरी कार्यालयको टोलीले आरोपितलाई चैत ५ गते गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालय,कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।
आरोपित विरूद्व चैत ७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ६ गते सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको प्रहरीले जनायो ।