INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला जनपरिषद प्रमुख गिरफ्तार

जयपृथ्बी नगरपालिका –१ निवासी प्रतिबन्धित नेकपाका बझाङ् जिल्ला जनपरिषद प्रमुख ३३ वर्षीय बाजिलाल शाहीलाई थलारा गाउँपालिकास्थित भवानी माध्यमिक विद्यालयको प्रशासन कक्षबाट प्रहरीले चैत २ गते गिरप्तार गरेको छ ।

प्रतिबन्धित नेकपाका जनपरिषद प्रमुख शाहीलाई  भवानी माध्यमिक विद्यालयबाट गिरफ्तार गरिएको इन्स्पेक्टर गणेश बमले बताउनु भयो ।

शाहीबाट एक थान पेस्तोल, चन्दा ठेली र ४ हजार रुपियाँ नगद सहित गिरफ्तार गरिएको इन्स्पेक्टर बमले बताउनु भयो ।

प्रहरीले शाही विरूद्व चैत ४ गते  हातहतियार खरखजाना, चन्दा असूली, राज्य विरूद्वको कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर नेत्रबहादुर बोहराले बताउनु भयो ।

 

 

अन्य

भिडियो