INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनःगिरफ्तार

प्रतिबन्धित नेकपाको दुईजना कार्यकर्तालाई ०७६ चैत ४ गते रिहा भएलगत्तै जिल्ला प्रहरी कार्यालयको गेटबाट प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

बाह्रबिसे नगरपालिका–३ धार्पा घरभएका प्रतिबन्धित नेकपाको विद्यार्थी सङ्गठनका केन्द्रिय सदस्य २९ वर्षीय मुकुन्द श्रेष्ठ र काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका–५ घरभएका दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य ३५ वर्षीय लेखराज गजमेरलाई प्रहरीले गिरफ्तार गरेको हो ।

 

प्रतिबन्धित नेकपाका दुई कार्यकर्तालाई ०७६ फागुन ८ गते राती चौतारा साँगाचोकगढी नगरपालिका–८ इर्खु चिलाउनेबाट प्रहरीले गिरफ्तार गरी अभद्रब्यवहारको मुद्दा लगाएको थियो । सो मुद्दामा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको ०७६ चैत ३ गते जनही २५ हजार धरौटी लिएर तारेखमा रिहा गर्ने आदेशपछि धरौटी बुझाउन नसक्दा चैत्र ३ गते नै उनीहरूलाई चौतारा कारागार पठाइएको थियो ।

चौतारा कारागारमा रहेका उनीहरूका आफन्तले ०७६ चैत ४ गते तोकिएको धरौटी जम्मा गरेर जेलबाट निस्कन लाग्दा पुनः गिरफ्तार गरिएको प्रत्यक्षदर्शी गोपाल श्रेष्ठले बताउनु भयो ।

पुनःगिरफ्तार गरिएका दुबैलाई दोलखा जिल्ला लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

अन्य

भिडियो