पुनर्वास नगरपालिका — ८ ‘क’ गाउँकी ६० वर्षीया खन्जरी बयाडीको हत्या गरेको आरोपमा ६३ वर्षीया पति सफली बयाडीलाई प्रहरीले चैत ४ गते गिरफ्तार गरेको छ ।
०७६ चैत १ गते मदिरा सेवन गरी आएका सफाली र पत्नि खन्जरीबीच विवाद हुँदा सफलीले पत्नि बयाडीलाई लाठ्ठीले कुटपिट गरी घाइते बनाउनु भएको थियो । पतिको लाठ्ठी प्रहारबाट घाइते भएकी खन्जरीको नेपालगञ्जबाट उपचार गराएर घर फिर्ता ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
घटनाका आरोपित सफली बयाडीलाई गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रबीन्द्र पौडेलले बताउनु भयो ।
मृतकको पोष्टमार्टम चैत ४ गते प्रादेशिक अस्पताल,धनगढीमा गरिएको प्रहरीले जनायो ।