INSEC Online

📅 २०८३ जेष्ठ २३

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटले तीनजनालाई गिरफ्तार गरेको छ ।
रामेछाप जिल्ला गोकुलङ्गा गाउँपालिका–२ का १९ वर्षीय कपिल खड्का, दाङ जिल्ला राप्ती गाउँपालिका–१ का २४ वर्षीय सञ्जय घर्ती मगर र सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताउनु भयो ।
चन्द्रागिरी नगरपालिका–१५ तीनथाना सडक किनारामा पार्किङ गरी राखेको ना. ३ ख. ६९४ नम्बरको ट्रकमा चैत ३ गते आरोपितहरूले सामुहिक बलात्कार गरेको अनुसन्धानमा भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट चैत २ गते धादिङ्ग जानेक्रममा थानकोट तीनथानामा भेटिएका आरोपित तीन जनाले आफूहरू धादिङ जान लागेको भन्दै सित्तैमा लगिदिने आश्वासन दिएको र ३ गते ट्रकभित्र लगेर सामुहिक बलात्कार गरेको पीडितले बताउनु भयो । बलात्कारपछि भाग्दै गरेका तीन जना आरोपितलाई प्रहरीको गस्ती टोलीले गिरफ्तार गरेको थियो । भने पीडितलाई प्रहरीले ट्रकको पछाडिबाट उद्दार गरेको जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण चैत ४ गते प्रसूती गृह थापाथलीमा भयो । यसैगरी आरोपितहरूको स्वास्थ्य परीक्षण वीर अस्पतालमा चैत ४ गते नै गरिएको डिएसपी श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो