६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार रक्षक सञ्जाल महोत्तरीको आयोजनामा मानव अधिकारका मुद्दामा कार्य गर्दै आएका संस्था र सञ्जालहरूले चित्रकला प्रतियोगिता, प्रभातफेरी र मैनबत्ती प्रज्वलन कार्यक्रम गरेका छन् ।

महोत्तरी सदरमुकाममा मङ्सिर २५ गते निकालिएको प्रभातफेरी जिल्ला शिक्षा कार्यालयको मुलगेटबाट सुरु भई जलेश्वरनाथ महादेवको सामुन्ने समापन भएको थियो भने साँझ दुर्गाचोकमा मैनबत्ती प्रज्वलन गरिएको थियो ।
त्यसैगरी मङ्सिर २४ गते लैङ्गिक हिंसा मुक्त विद्यालयको वातावरण विषयमा चित्रकला प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।
चित्रकला प्रतियोगितामा शिशु ज्ञान निकुञ्ज इङ्लिस बोर्डिङ स्कूलको कक्षा १० मा अध्ययनरत छात्रा नुतन चौधरी प्रथम भइन् ।

प्रतियोगितामा साउथ एसियन कयाम्व्राईज इङ्लिस बोर्डिङ स्कूलको कक्षा ८ मा अध्ययनरत छात्रा सिरोजा मल्लिक दोस्रो, महेन्द्र आदर्श महिला मावि कक्षा ७ की राधा गुप्ता तेस्रो र सुकदेव माविका मनिषकुमार साहले सान्त्वना पुरस्कार पाएका थिए ।