INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीयद्वारा प्रहरी चौकीमा आक्रमण, तीन ओटा मोटरसाइकलमा आगजनी

महानगरीय प्रहरी बिट, नयाँबस्तीमा स्थानीय प्रदर्शनकारीले मङ्सिर २६ गते ढुङ्गामुढा प्रहार गरी प्रहरी बिट अगाडि रहेका बा २ ब ३७८३, बा ८० प ८६८३ र बा ९ प १२०५ नं को मोटरसाइकलमा आगजनीसमेत गरेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको ढुङ्गामुढा प्रहारबाट प्रहरी बिट क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ ।

बिटमा आक्रमण भएपछि केही राउण्ड हवाई फायर गर्नुका साथै बिट तोडफोडमा संलग्न २५ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी प्रद्युम्न कार्कीले बताएको राससले जनाएको छ ।

एसपी कार्कीले भने–‘रेस्टुराँ सञ्चालक र प्रहरीको मिलेमतोमा कुटाइका कारण चालकको मृत्यु भएको भन्ने हल्ला फैलाइयो । तर, प्रहरीको यसमा संलग्नता छैन ।’

प्रवक्ता कार्कीले चालक लामाको मृत्युबारे विभिन्न किसिमका अफवाह आउन थालेपछि यस सम्बन्धमा प्रहरीले आन्तरिक रूपमा छानबिन समिति बनाएको जानकारी दिएका छन् ।

दोलखा घर भई हाल काठमाडौँ, गोकर्णेश्वर बस्ने ट्याक्सी चालक राजकुमार लामाको मङ्सिर २५ गते राति मृत्यु भएपछि प्रहरीको कुटाइका कारण उनको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए ।

नयाँबस्ती कुमारी मन्दिर नजिक सडकमा बेहोस भई लडिरहेको अवस्थामा लामालाई फेला पारी उपचारका लागि उनका आफन्तले लगेका थिए ।

अन्य

भिडियो