इनरूवा नगरपालिका–९ की ३६ वर्षीया सहिदा खातुनले ४२ वर्षीय पति बसिरूद्दिन मन्सुरीले फागुन २८ गते कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिनुभएको छ ।
घरायसी विवादका क्रममा आरोपितले फागुन २८ गते कुटपिट गरेको र आफूले सोही दिन प्रहरीमा मौखिक उजुरी दिएको पीडितको भनाइ छ ।
पीडितले मौखिक जानकारी गराएपछि घटनास्थलबाट घाईतेको उद्दार गरी जिल्ला अस्पतालमा उपचार गराएको जिल्ला प्रहरी कार्यालयका एसपी यज्ञविनोद पोखरेलले बताउनुभयो ।
कुटपिटबाट शरीरका विभिन्न भागमा निलडाल देखिएको एसपी पोखरेलले बताउनुभयो ।
कुटपिट घटनाका आरोपित भोक्राहा नरसिंह गाँउपालिका–५ का वडाध्यक्ष रहेको र घटना लगत्तै फरार रहेको एसपी पोखरेलको भनाइ छ ।