जनकपुरधाम उमनपा–७ स्थित कुम्हारकुटीमा चैत १ गते राति अज्ञात पक्षले नेपाली कांग्रेसका कार्यकता रहेका पेठिया बजारमा किराना पसल गरि बस्ने पप्पु साहको मोटरसाइकलमा आगजनि गरेको छ ।
घर अगाडि रोकि राखेको प्रदेश ०२–०२–००१ प ५२४२ नम्बरको एफजेड मोडेलको मोटरसाइकलमा आगजनी गरिएको घरधनी पप्पु साहले जानकारी दिनु भएको छ ।
राती १ बजे मोटरसाइकलमा आगजनी गरेको र मोटरसाइकल आगजनीले क्षतिग्रस्त भएको घरधनीले बताउनु भएको छ ।
प्रहरीले मोटरसाइकलमा आगजनी गर्ने समूहको खोजीमा लागेको बताएको छ ।