६१ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–९ का ५४ वर्षीय शुक्रबहादुर कुमाल र ४७ वर्षीय दुर्गाप्रसाद कुमाललाई चैत २ गते गिरफ्तार गरेको छ ।
पीडितलाई फागुन २७ गते आरोपितद्वयले बलात्कार भएको भन्दै पीडित पक्षले फागुन २८ गते अमेलिया प्रहरी चौकी उजुरी दिए पछि गिरफ्तार गरि अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय, लमहीका इन्स्पेक्टर प्रज्ज्वल थपलियाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २८ गते लमही अस्पतालमा गरिएको प्रहरीले जनायो ।