आठराई गाँउपालिका–४ की २८ वर्षीया बिन्दा पुरीको फागुन २९ गते हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय सुरेन्द्र पुरी र २५ वर्षीय बालकृष्ण पुरीलाई चैत १ गते गिरफ्तार गरेको छ ।
आरोपितद्वयलाई जिल्ला सुनसरी इटहरी उपमहानगरपालिकाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो ।
बिन्दाको ०७६ फागुन २९ गते घाँटी रेटिएको अवस्थामा घरमै शव फेला परेको थियो ।
घाँटी रेटिएको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बिन्दाका पति विदेशमा रहेको र दाजुले भाउजुलाई मात्र पैसा पठाएका कारण हत्या गरेको आरोपित मध्येका एकले स्वीकार गरेको इन्स्पेक्टर थान्दारले बताउनुभयो ।
आरोपितद्वय माथि कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।