INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट  विद्यार्थी संगठनका केन्द्रीय सदस्य ऐरावती गाँउपालिका –२ का २६ वर्षीय याङ्क पुनलाई प्रहरीले चैत २ गते गिरफ्तार गरेको छ ।

पुन विद्यार्थी सङ्गठन प्यूठानका पूर्व अध्यक्ष र पार्टी सचिवालय सदस्य समेत रहेको प्रहरीले जनाएको छ । थप  अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालयमा राखिएको डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो ।

पुनको स्वाथ्य परीक्षण  चैत २ गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको प्रहरीले जनायो ।

 

अन्य

भिडियो