INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई फागुन २३ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज मनपा–२७ का २२ वर्षीय दिपेश शर्मालाई फागुन २८ गते गिरफ्तार गरेको छ ।

अभिभावक घरमा नभएको अवस्थामा राती १० बजे घरमा प्रवेश गरेर बलात्कार गरेको आरोपमा पीडित परिवारले फागुन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको छ ।

आरोपित शर्मालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी वीरेन्द्र बहादुर शाहीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण नारायणी अस्पतालमा फागुन २९ गते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अन्य

भिडियो