INSEC Online

📅 २०८३ जेष्ठ २२

तीन वर्षीया छोरीको हत्यापछि आत्महत्या

व्यास नपा–१४ बेलभञ्ज्याङका २५ वर्षीय पुनम नेपालीले तीन वर्षीया छोरी पुजाको हत्या पछि आत्महत्या गरेका छन् ।

पुनमले तीन वर्षीया छोरी पुजालाई फागुन २९ गते दिउँसो काखमा लिएर घरको दलानमा एउटै डोरीमा झुन्डिएर आत्महत्या गरेको प्रहरी चौकी छाब्दीका प्रमुख राजु न्यौपानेले बताउनुभयो ।

पत्नीको सारीको पासो बनाइ तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्स्पेक्टर न्यौपानेले जानकारी दिनुभयो ।

‘पुनमले पत्नी सहित छोरीलाई पासो लगाएर मार्न तीन वटा गाँठो बनाएका रहेछन्,’  न्यौपानेले भन्नुभयो, ‘पत्नी भागेपछि छोरी र बाबु झुण्डिएको अवस्थामा फेला परेका हुन ।

उहाँले घटनाको कारण हाल नखुलेको तर अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । शवको पोष्टमार्टम दमौली अस्पतालमा गरिने न्यौपानेले बताउनुभयो ।

अन्य

भिडियो