१६ वर्षीया र १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जलेश्वर नपा–६ बस्ने २६ वर्षीय खुसनुर अंसारी, २४ वर्षीय कुमार प्रभात, ३० वर्षीय राजु ठाकुर र ३४ वर्षीय सन्तोष ठाकुरलाई फागुन २६ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार आरोपीहरुले फागुन १५ गते जलेश्वर नपा–६ साहुजीपट्टीमा लागेको परिक्रमा मेलामा ती दुबै बालिकालाई सामूहिक बलात्कार गरेको आरोप छ ।
पीडितहरुले फागुन १६ गते दिएको उजुरीको आधारमा आरोपित उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव प्रसाद बुढाथोकीले बताउनु भयो ।
घटनामा संलग्न अन्य तीन जना फरार रहेको र खोजतलास भइरहेको डीएसपी बुढोथोकीले बताउनु भयो ।
पीडित दुबै जना बालिकाहरुको स्वास्थ्य परीक्षण फागुन १६ गते जिल्ला अस्पताल जलेश्वरमा भएको थियो ।