१५ वर्षीय बालक सन्दीप पुनलाई कुटपिट गरेको आरोपमा सुनसरी जिल्ला धरान नगरपालिका –१० घर भइ ललितपुर जिल्ला, ललितपुर महानगरपालिका–१४, नखिपोट बस्ने शिक्षक ३१ वर्षीय दिपेश थापालाई ०७६ फागुन २९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपित थापाले ब्लु वर्ड सेकेण्डरी स्कुल ताल्छीखेलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी पुनलाई ०७६ फागुन २७ गते मुड्की, लात्ती, हरियो पाइपले कुटेको पीडितका बुबा जङ्ग बहादुर पुनले बताउनु भयो ।
आरोपित बिरुद्ध फागुन २९ गते महानगरीय प्रहरी वृत्त, सातदोबाटो, ललितपुरमा उजुरी दर्ता भएको थियो । आरोपितलाई ताल्छिखेलबाट फागुन २९ गते गिरफ्तार गरी मुलुकी फौजदारी संहिता ०७४ को दफा १४ (६) बमोजिम जिल्ला प्रशासन कार्यालय ललितपुरबाट अनुमती लिइ अनुसन्धानका लागि म्याद थप गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटो, ललितपुरका निमित्त प्रमुख इन्स्पेक्टर रमेश कुमार श्रेष्ठले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २९ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका चिकित्सक डा. सिताराम श्रेष्ठले बताउनु भयो ।