INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहबाट अस्पतालमा तोडफोड

भरतपुर महानगरपालिका–१० मा रहेको सुशान्त अस्पतालमा अज्ञात समूहले तोडफोड र आजगनी गरेका छन् ।

औषधि किन्ने बहानामा आएका तीन जना युवाहरूले फागुन २७ गते रातको समयमा अस्पतालमा तोडफोड र आगजनी गरेको अस्पतालका सञ्चालक नविन पौडेलले बताउनु भयो । तोडफोडबाट औषधि राख्ने र्‍याकका सिसाहरू फुटेका छन् ।

घटनापछि फरार रहेकाहरूको खोजी भइरहेको चितवन प्रहरी प्रवत्ता डिएसपी एकनारायण कोइरालाले बताउनु भयो ।

20200312Chitawan

अन्य

भिडियो