INSEC Online

📅 २०८३ जेष्ठ २२

जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

दलित भएकै कारण कोठा छाड्न दबाब दिई जातीय विभेद र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घरधनी सहित चारजनालाई गिरफ्तार गरि मुद्दा चलाएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुले घरधनी तारकेश्वर नगरपालिका–१० नेपालटारका ५४ वर्षीय श्रीकृष्ण विडारीलाई फागुन २७ गते र ५३ वर्षीय राधिका विडारीलाई फागुन २५ गते गिरफ्तार गरेको प्रहरी वृत्त बालाजुका डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

यस्तै सोही घरमा डेरा गरी बस्ने ३२ वर्षीय जनक ढुङ्गाना र २७ वर्षीय सन्तोषी ढुङ्गानालाई फागुन २८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चारैजनालाई जातीय भेदभाव तथा दुर्व्यवहार कसुर अन्तर्गत जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरि अनुसन्धान अगाडि बढाइएको छ ।

आफूलगायत एक भाई र एक बहिनी सहित ०७६ मङ्सिर १३ गते देखि कोठामा बस्दै आउनु भएको कैलाली घोडाघोडी नगरपालिका–४ की २८ वर्षीया दीपा नेपालीले आफूहरूलाई जातीय आधारमा दुर्व्यवहार गरेको भन्दै फागुन २२ गते प्रहरी वृत्त बालाजुमा उजुरी दर्ता गराउनु भएको थियो ।

दलित भएकै कारण कोठा छाड्न पटक पटक दबाब दिएको र आफू नभएको बेलामा कोठामा ताला लगाइदिएको पीडितको आरोप छ । धरधनीले  दलित भएको थाहा पाएपछि ०७६ मङ्सिर १३ गतेदेखि बस्दै आएको घरको कोठा छाड्न ३५ दिने सूचना नै टाँस गरेको पीडितको भनाई छ ।

अन्य

भिडियो