३२ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय पतिलाई फागुन १८ गते गिरफ्तार गरेको छ ।
आरोपित विरूद्ध पीडितले फागुन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर मन्दीप चौहानले बताउनुभयो ।
०७६ जेठमा विवाह गरेको र विवाह गरेको एक महिनापछि नै आरोपितले यौनजन्य हिंसा गर्दै आएको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल फाप्लुमा फागुन १८ गते गरिएको छ ।