१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हुप्सेकोट गाउँपालिका–१ का १५ वर्षीय बालकलाई ०७६ फागुन २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ०७६ साउन १७ गते आरोपित बालकले बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएका छन् ।
बलात्कार पछि पीडित बालिका गर्भवती भएको र पीडित बालिकाले फागुन २३ गते मृत छोरालाई जन्म दिएपछि घटना सार्वजनिक भएको थियो । घटनापछि स्थानीय र परिवारले पीडित बालिका र बालकको विवाह गराइदिएका थिए ।
मृत छोरालाई जन्म दिएको र पछि विवाह गरिएको भन्ने घटनाको जानकारी प्राप्त भएपछि प्रहरीले मृतक बालकको शव नियन्त्रणमा लिई बलात्कार घटनाका आरोपित बालकलाई गिरफ्तार गरेको एसपी दिपक रेग्मीले बताउनुभयो ।
बालिककाले जन्म दिएको छोरा मृत जन्म भएको वा जन्मपछि मृत्यु भएको अथवा गर्भपतन गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको एसपी रेग्मीले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य उपचार चितवन जिल्ला अस्पताल भरतपुरमा ०७६ फागुन २७ गते भएको छ ।