शिशु अपहरण गरि बन्धक बनाएको ठहर गर्दै जिल्ला अदालतले फागुन २७ गते स्याङ्जा जिल्ला गल्याङ नपा–५ की ३६ वर्षीया बिमकला पाण्डेलाई पाँच वर्षको कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश खड्कबहादुर केसीको इजलासले पाँच वर्ष कैद सहित ५० हजार रूपियाँ क्षतिपुर्ति र ५० हजार रूपियाँ जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार कृष्णमुरारी सिग्देलले बताउनु भयो ।
आरोपितले ०७६ असार २७ गते लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु अपहरण गरेर बन्धक बनाएको आरोपमा प्रहरीले ६ असार २८ गते आरोपितलाई गिरफ्तार गरेको थियो ।