INSEC Online

📅 २०८३ जेष्ठ २१

बैवाहिक बलात्कार घटनाको प्रहरीमा उजुरी

चौतारा सागाँचोकगढी–६ कुविण्डेका २० वर्षीय पतिले बैवाहिक बलात्कार गरेको आरोपमा पीडितले ०७६ फागुन २७ गते जिल्ला प्रहरी कार्यालयमा सिन्धुपाल्चोकमा उजुरी दर्ता गराउनु भएको छ ।

आरोपितले ०७६ फागुन २१ गते १९ वर्षीय पत्नीलाई बैवाहिक बलात्कार गरेको पीडितको आरोप छ । आरोपित र पीडितबीच ०७५ माघमा प्रेम विवाह भएको पीडितको भनाई छ । पीडितको ०७६ फागुन २७ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो । पीडितले इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा सहयोगको लागी अनुरोध गरेपछि इन्सेक प्रतिनिधिको सहयोगमा मुद्दा दर्ता भएको थियो ।

अन्य

भिडियो