INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा ज्येष्ठ नागरिकलाई बिशेष व्यवस्था माग

कारागारमा कैदीबन्दी जीवन यापन गरिरहेका ज्येष्ठ नागरिकलाई विशेष व्यवस्थाको माग गरिएको छ ।

बिगु गाउँपालिका–४ का ८४ वर्षीय बोलवहादुर खड्काले आफूहरूलाई कारागारमा विशेष व्यवस्था हुनुपर्ने माग गर्नुभएको हो । १८ वर्ष मुनिका बालबालिकालाई सुधार गृहमा पठाउने कानुनी व्यवस्था भएपनि ज्येष्ठ नागरिकका हकमा कानुनमा स्पष्ट व्यवस्था नहुँदा अन्य उमेर समूहका कैदीबन्दी सरह कष्टकर जीवन बिताउन बाध्य रहेको खड्काको भनाई छ ।

अन्य कैदीबन्दी सरह वृद्ध अवस्थाका कैदीबन्दीहरूलाई राखिएको र बिषेश सुविधा नभएको चरिकोट कारागारका निमित्त प्रमुख शेषराज गोलेले बताउनु भयो । यद्यपी कैद सजाय पाएको अशक्त, ज्येष्ठ नागरिकका ७५ वर्ष पुरा गरेका ज्येष्ठ नागरिकलाई कसुरको अवस्था हेरी हेरी अदालतले कारागारमा नराखी हेरचाह केन्द्रमा राख्न आदेश दिन सक्ने व्यवस्था रहेको जिल्ला अदालत दोलखाका सूचना अधिकारी एकरामुहल हकले जानकारी दिनुभयो ।

चरिकोट कारागारमा ७० वर्ष उमेर पार गरेका दुईजना र ६० वर्ष उमेर पार गरेका तीन जना कैदीबन्दी रहेका छन् ।

अन्य

भिडियो