१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–६ पानवारीका ३५ वर्षीय सन्तोष कार्कीलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।
आरोपितले फागुन २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध फागुन २५ गते पानवारी प्रहरी चौकीमा मौखिक उजुरी दिएपछि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।
आरोपित विरूद्ध फागुन २६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा)मा फागुन २६ गते गरिएको छ ।