INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेशको विभिन्न जिल्लामा कोरोना जाँचको लागि आइसोलेसन वार्ड

कारोना भाईरस (कोविड–१९) को जोखिमप्रति उच्च सर्तकर्ता अपनाउने क्रममा बागमती प्रदेशको विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुका आइसोलेसन वार्ड स्थापना गरिएको छ ।
जिल्लामा शंकाष्पद बिरामी भेटीमा प्रारम्भिक जाँचको लागि आइसोलसन वार्ड स्थापना गरिएको हो । सिन्धुली अस्पतालले कोरोना भाइरसका बिरामीको उपचारका आइसोलसन वार्डको स्थापना गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताउनु भयो । अस्पतालको क्याविनमा तीन ओटा बेड, औषधि तथा अन्य आवश्यक सामग्री सहितको वार्ड स्थापना गरिएको सिन्धुलीबाट इन्सेक
प्रतिनिधि बिमला पाण्डेले जानकारी दिनुभयो ।Photo20200307Sindhuli
सिन्धुलीमा फागुन २३ गतेबाट उक्त वार्ड सञ्चालनमा ल्याईएको हो । अस्पताल विकास समिति अध्यक्ष पोखरेलका अनुसार त्यस्ता बिरामी फेला परेमा प्रारम्भिक जाँच गरि टेकु अस्पतालमा रिफर गरिनेछ ।
यसैगरी दोलखा जिल्लामा पनि १० बेडको आइसोलेसन वार्ड निर्माण गरिने भएको छ ।
जिल्ला सदरमुकाम चरिकोटमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, भीमेश्वर नगरपालिका सम्मिलित ०७६ फागुन २३ गते बसेको सुरक्षा समितिको बैठकले तत्कालै १० बेड क्षमताको आइसोलसन वार्ड स्थापन गर्ने निर्णय गरेको दोलखा जिल्ला इन्सेक प्रतिनिधि उद्धब पोखरेले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोना–१९ भाईरस संक्रमणको उच्च जोखिममा राखेको भन्दै आईसोलेसन कक्षको व्यवस्था आवश्यक ठानिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनु भयो । अलग्गै उपचार कक्षको व्यवस्थाका लागि आईसोलेसन कक्षको लागि बेड, स्वास्थ्यकर्मी, औषधी र उपकरणको व्यवस्थापन चरिकोट अस्पतालले गर्ने जानकारी प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनु भयो ।
यसैगरी नुवाकोट जिल्लामा पनि कोरोनाको जोखिमप्रति उच्च सतर्कर्ता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालयमा फागुन २२ गते भएको बैठकमा जिल्लामा कोरोना भाइरसको संभावित जोखिम न्यूनिकरण तथा उच्च सतर्कताको लागि त्रिशूली जिल्ला अस्पतालमा चार बेड सहितको दुई ओटा आइसोलेसन वार्डको व्यवस्था गरिएको छ । तालिम प्राप्त चिकित्सकलाई फोकल पर्सन तोकेर मेडिकल टिम तयारी अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रेमकुमार राईले जानकारी दिनुभयो । कोरोनाको भएको आशंका भएका बिरामीलाई उपचार गर्दा लगाउने कपडा भने एक सेट मात्र प्राप्त भएको र कम्तिमा पाँच सेट पुर्‍याउने पहल भइरहेको डा. राईले बताउनु भयो ।
शंकास्पद बिरामीको नमुना सङ्कलन गर्न ल्याब तयारी अवस्थामा राखिएको, अस्पतालमा मेडिकल टिम तयारी अवस्थामा रहेको र परीक्षणका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ), मास्क, डिजिटल थर्मा्मिटर लगायतका आवश्यक सम्पूर्ण सामग्री तयारी अवस्थामा राखिएको नुवाकोटबाट इन्सेक प्रतिनिधि नवदीप श्रेष्ठले जानकारी दिनुभयो । साथै नुवाकोट जिल्लामा पनि जमघट हुने भेला, उत्सव नगर्न र आउँदो फागुपूर्णिमा पर्वमा पनि धेरै भीडभाड आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताउनु भयो ।

Photo20200307Makawanpur1

यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि सार्वजनिक कार्यक्रमहरु नगर्ने र सरकारफाईमा विशेष सजकता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । बागमती प्रदेशको राजधानी हेटौँडाको सरकारी अस्पतालमा यसअघि नै नोबल कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरू आएमा जाँचको लागि आइसोलशन वार्ड स्थापना भएको छ ।  प्रदेश सरकारले नोबल कोरोना भाइरसको संक्रमणबाट बच्नका प्रदेशमा उच्च सतर्कता अपनाउँदै हेटौडा अस्पताल र चितवन अस्पतालमा दुई/दुई ओटा वार्ड स्थापना गरेको बागमती प्रदेश सामाजिक विकास मन्त्रलायका मन्त्री युवारज दुलालले बताउनुभयो ।

अन्य

भिडियो